कोरोना रोकथाम तथा नियन्त्रण गर्न प्रदेश एक सरकार सक्षम – मुख्यमन्त्री राई

Logo
खेमराज दाहाल शनिबार, बैशाख १३, २०७७

प्रदेश एकका मुख्यमन्त्री शेरधन राई उदयपुर आएका छन्। देशकै सबैभन्दा बढि कोराना प्रभावित क्षेत्र उदयपुरक भुल्केको अनुगमनका लागि आज अपरान्ह उदयपुर आएका हुन्।

भारतीय नगारिक सहित २८ जनामा कोरोना पुष्टि भएको त्रियुगा नगरपालिका ३ भुल्के क्षेत्रको अमुगमनका लागि आएका मुख्यमन्त्री राईले कोरोना भाइरस विरुद्ध लड्न उच्चस्तरको तयारी रहेकाले आतिन पर्ने अवस्था नरहेको बताए।

कोरोना संक्रमण नियन्त्रण गर्न सकिनेमा पूर्ण विस्वास व्यक्त गर्दै राईले कोरोना विरुद्धको तयारी राम्रो भएकोले थप संक्रमण हुन नदिने र यसको रोकथाम गर्न प्रदेश एक सरकार सक्षम रहेको स्पष्ट पारे ।

कोरोना संक्रमणलाई निस्तेज पार्दै लैजान संक्रमण कहाँबाट सर्यो वा सुरु भयो त्यसको पहिचान गरी सम्भावित जोखिम क्षेत्रलाई अझ कडाइ गरि नियन्त्रण गर्दै नियन्त्रित क्षेत्रका नागरिकको फराकिलो ढंगले स्वास्थ्य परिक्षण गरिने र कोरोना मुक्त एरिया घोषणा गर्दै, अगाडी बढ्ने उल्लेख गरे ।

“संक्रमितहरुको उपचार त छदैछ “राइले भने, “अव जोखिम क्षेत्रलाई अझ कडाइ गरि नियन्त्रण गर्दै नियन्त्रित क्षेत्रका नागरिकको फराकिलो ढंगले स्वास्थ्य परिक्षण गरिने र कोरोना मुक्त एरिया घोषणा गर्दै जानु पर्छ।”

लकडाउनको महिना दिन पछि उदयपुर आएका राइले बन्दाबन्दी कोही पनि भोकले मर्ने अवस्था आउन नदिने बताए। स्थानीय सरकारले उपलब्ध गराएको खाद्यान्नले नधाने प्रदेश सरकारले खाद्यान्न उपलब्ध गराउने उनको भनाइ थियो।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदयपुर देशकै सबैभन्दा बढि प्रभावित क्षेत्र भएकाले यहाँ आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा जनशक्ति कमी हुन नदिने बताए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]