क्वारेन्टाईनमा बस्ने युवाले गरे झुण्डिएर आत्माहत्या

Logo
शुक्रबार, बैशाख १९, २०७७

उदयपुर । क्वारेन्टाइन बस्दै आएका एक युवाले झुण्डिएर आत्माहत्या गरेका छन। उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ७ राजाबास स्थित जनता क्याम्पसमा रहेको क्वारेन्टाईनमा बस्दै आएका युवाले आत्माहत्या गरेका हुन्।

आत्माहत्या गर्नेमा रौतामाई ७ गुराँसे बस्ने बर्ष १८ को सुमन बिक रहेको गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काले टेलिफोन मार्फत जानकारी दिए।

अध्यक्ष खड्काका अनुसार बैशाख ११ गतेबाट क्वारेन्टाईनमा बस्दै आएको बिकले बिहिबार राति झुण्डिएर आत्मा हत्या गरेका हुन् । प्रेम बिबाह गरेर काठमाडौ पुगेका बिक लकडाउनको समयमा फर्किएपछि क्वारेन्टाईनमा राख्नु परेको अध्यक्ष खड्काले जानकारी दिए।

क्वारेन्टाइनमा बिक र उनकी श्रीमतीलाई बेग्ला बेग्लै कोठामा राखिएको थियो । बिकले श्रीमति सुतिरहेको समय श्रीमतिकै सलमा झुण्डिएर आत्माहत्या गरेको प्रहरीले जनाएको छ । अहिले पोष्ठमार्टमको लागि उनको शब जिल्ला अस्पताल ल्याउने तयारी भैरहेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]