उदयपुरमा ६ सय ६० को पिसिआर परिक्षण

Logo
शुक्रबार, बैशाख १९, २०७७

उदयपुरमा देशकै सबैभन्दा बढी कोरोना संक्रमित पाइएपछि कोरोनाको परिक्षणको दायरालाई फराकिलो बनाईएको छ। आरडिटि परिक्षणको विश्वसनीयतामा कमी आएपछि कोरोना प्रभावित क्षेत्रका नागरिकको पिसिआर प्रबिधिबाट परिक्षण गरिदै आईएको छ।

हालसम्म उदयपुरमा पिसिआर प्रबिधिबाट ६ सय ६० जनाको परिक्षण गरिएको जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ। कार्यालयका अनुसार पिसिआर परिक्षण गरिएका मध्य ५ सय ८७ जनाको रिपोर्ट आईसकेको र त्यस मध्य २८ जनामा कोरोना पोजेटिभ देखिएको र बाकीमा नेगेटिभ देखिएको छ।

उदयपुरको चौदण्डीगढी नगरपालिका ५ शिवाईका ६१ जना, त्रियुगा नगरपालिका मोथियाईका र भुल्के लगायत आसापासका क्षेत्रका नागरिकहरुमा गरी ५ सय ४३, कटारी नगरपालिकाका ३२, बेलका नगरपालिकाका ११, ताप्ली गाउपालिकाका २, रैतामाई गाउपालिकाका ५ र लिम्चुचुङ्बुङ गाउपालिकाका ६ गरि ६ सय जनाको पिसिआर परिक्षण गरिएको हो ।

जिल्लाको एक मात्र उदयपुरगढी गाउपालिकामा भने हालसम्म कसैमापनि कोरोनाको आसंका नभएको र कुनैपनि परिक्षण समेत गर्न नपरेको जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए।

यस्तै उदयपुरका विभिन्न स्थानमा आरडिटि प्रबिधिबाट १ सय ६९ जनाको परिक्षण गरिएको छ। हाल उदयपुरका विभिन्न स्थानमा गरी २७१ जना क्वारेनटाइनमा रहेका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]