गर्भवतीलाई निकाल्ने नोबेल अस्पतालमाथि कारवाही गरिने

Logo
शनिबार, बैशाख २०, २०७७

काठमाडौं : उदयपुरकी एकजना गर्भवतीलाई महिलालाई निकाल्ने नोबेल अस्पतालमाथि कारवाही गरिने भएको छ। मंगलबार प्रसूतिका लागि भर्ना भएकी २९ वर्षकी सरस्वती रौनियारलाई हस्पिटलले अप्रेशन थिएटरबाट कलेजले निकालेको थियो।

सुत्केरी हुन आएकी महिलाले सेवा नपाएर भौतारिनुपरेको अवस्थाबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य समन्वय महाशाखा प्रमुख तथा प्रवक्ता डा. विकास देवकोटाले कोरोना संकटका बेला एकजना गर्भवती महिलाले सास्ती भोग्नु राम्रो घटना नभएको भन्दै दुःख ब्यक्त गरे।

गर्भवती निकालेकोबारे सत्यतथ्य पत्ता लगाएर उक्त अस्पताललाई कारवाही गर्ने बताए । उनले भने, ‘यदि लापरबाही भएको पाइएमा कारबाही गर्छौं, यसबारेमा मन्त्रालयले छानबिन गर्छ।’

कोरोना संक्रमण फैलिएको जिल्लाबाट आएको बताउँदै चिकित्सकले बिरामीलाई विराटनगरको कोशी अस्पतालमा रेफर गरेका थिए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]