नेपाल र भारतका नागरिक लुकिछिपी आवतजावत गर्दा सीमा क्षेत्रमा कोरोनाको जोखिम उच्च

Logo
पत्रपत्रिका शनिबार, बैशाख २०, २०७७

काठमाडौं – नेपाल र भारतका नागरिक लुकिछिपी आवतजावत गर्दा तराईका सीमावर्ती क्षेत्र कोरोना भाइरस संक्रमणको ‘हट स्पट’ बन्ने जोखिम देखिएको छ। सीमावर्ती जिल्लाहरू उच्च जोखिममा रहेकाले स्थानीय बासिन्दाले बढी सतर्कता अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ।

सरकारले कोरोना भाइरसबाट सम्भावित संक्रमित पहिचानका लागि परीक्षणको दायरा विस्तार गरेसँगै सीमावर्ती क्षेत्रमा बढी संक्रमित भेटिएका छन्। प्रदेश ५ को सीमावर्ती रुपन्देही र बाँके जिल्लामा शुक्रबार दुई जना पुरुषमा संक्रमण पाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अन्नपूर्णसँग भने, ‘सीमावर्ती क्षेत्रमा संक्रमणका केस बढी देखिन थालेका छन्। दुई देशबीचको नाका क्षेत्र जोखिमयुक्त छ।’

नेपाल र भारतबीच १ हजार ७ सय ५१ किलोमिटर खुला सीमा छ। भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ। त्यहाँ संक्रमितको संख्या ३५ हजार नाघेको छ। संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ४७ पुगेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]