उदयपुर भनेपछि फेरी निकाल्यो नोबेलले अप्रेसन थेटरबाट बिरामी

Logo
शनिबार, बैशाख २०, २०७७

उदयपुरका अर्का एक बिरामीलाई नोबेल मेडिकल कलेज विराटनगरले शुक्रबार पुनः अप्रेशन थिएटरबाट निकालेको छ । उदयपुर त्रियुगा नगरपालिका ६ घनचक्रेका १६ वर्षीय भीमबहादुर खत्रीलाई उदयपुरबाट आएको भन्दै अप्रेसन थेटरबाट उपचारनै नगरी निकालेको हो ।

बिहीबार घास काट्ने क्रममा देब्रेहातको कुहिनो माथिको भाग भाच्चिएका भीमलाई आफन्तले नोबेल मेडिकल कलेज भर्ना गरेका थिए ।चिकित्सकले शुक्रबार बिहान शल्यक्रिया गर्ने बताएका थिए । भीमको नोबेल मेडिकल कलेजका डाक्टर प्रकाश सिटौलाको टोलीले शल्यक्रिया गर्ने तयारी थियो ।

शल्यक्रियाका लागि अस्पतालले स्टिल किन्न समेत लगाएको थियो । तर बिहान अप्रेशन नगर्ने भन्दै चिकित्सक बाहिरिएपछि बिरामीका काका समशेर खत्री कोशी अस्पताल पुगेका थिए ।

यता नोबेल मेडिकल कलेजका डाक्टर प्रकाश सिटौलाले भने विरामी कोरोनाको इपीसेन्टरबाट आएका कारण कोरोना परीक्षण पछि आउन भनिएको जिकिर गरे।

यसअघि उदयपुरकी एक गर्भवती महिलालाई कोरोना प्रभावित क्षेत्र उदयपुरबाट आएको भन्दै नोबेलले अप्रेसन थेटरबाट बाहिर रेफर गरेको थियो। अप्रेसन गर्ने अन्तिम अवस्थामा बाहिर रेफर गर्दा गर्भवती महिला बिचल्नीमा परेकी थिइन।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उदयपुरकी गर्भवती महिलालाई रेफर गरिएकोमा ध्यानाकर्षण भएको जनाउदै प्रमाणित भए कारवाही गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]