साउदीमा रहेका २ महिला सहित ३४ नेपालीलाई कोरोना पुष्टि

Logo
आइतबार, बैशाख २१, २०७७

काठमाडौं ः साउदी अरबको व्यापारिक शहर जेद्दा आसपास क्षेत्रका २ महिला सहित ३४ नेपाली कामदारमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

जेद्दास्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयकाअनुसार उनीहरुको इर्फान, जेद्दा नेशनल, किङ फाद, किङ अब्दुल्ला मेडिकल कम्पलेक्स अस्पतालमा उपचार भइरहेको छ।

साउदीको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमित बिरामीको राष्ट्रियता नखुलाए पनि महावाणिज्य दूतावासको सम्पर्कमा ३४ जना नेपाली रहेको कार्यवाहक महावाणिज्य दूत रेवती पौडेलले बताए।

साउदी सरकारले साउदी र गैरसाउदीबीच भेदभाव नगरी कोरोनाको उपचार गर्ने बताईसकेको छ। कोरोनाको संका लागेर सुरुमा अस्पतालमा भर्ना गर्ने बेला फर्म भर्दा नै राष्ट्रियता पहिचान नगर्ने चलन छ।

३४ बिरामीमध्ये ५० वर्षीय एक कामदारलाई भने विशेष निगरानीका लागि आईसीयुमा राखिएको छ। १८ जना अस्पतालमा छन्। १५ जना पनि निको हुने चरणमा रहेकोले अस्पतालबाट क्‍वारेन्टाइनमा सारिएको पौडेलले बताए।

साउदीमा शनिबार पनि १३ सय ६२ जनालाई पोजिटिभ देखिएको छ। हालसम्म साउदीमा संक्रमितको संख्या २५ हजार ४ सय ५९ जना पुगेको छ । जसमध्ये ३७ सय ६५ जनालाई निको भएको छ। एक सय ७६ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]