पार्टी फुटाउनेखाले कुनै क्रियाकलापमा सहभागी नहुनू – नेकपा

Logo
आइतबार, बैशाख २१, २०७७

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले आफ्ना कार्यकर्तालाई पार्टीलाई फुटउन्मुख बनाउने कुनै पनि क्रियाकलापमा सामेल नहुन निर्देशन दिएको छ।

शनिवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकले पार्टीलाई एकतावद्ध बनाउने दृढता व्यक्त गर्दै सम्पूर्ण पार्टी पंक्तिलाई एकताको पक्षमा लाग्न निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘हाम्रो पार्टीको आन्तरिक जीवनमा देखा परेको समस्या र संकटहरूलाई समाधान गर्ने गरी एकतावद्ध भएर पार्टी एकताको पक्षमा दृढ रहने संकल्प गरेको छ। पार्टी एकतालाई रक्षा गर्ने र त्यसलाई सुदृढ बनाउने र पार्टी एकतालाई कमजोर पार्ने पार्टीलाई फुटउन्मुख गर्ने कुनै पनि क्रियाकलापमा सामेल नहुन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिने निर्णय गरेको छ,’ बैठकपछि श्रेष्ठले पत्रकारहरु सँग भने।

उनले आजको बैठकले पार्टीलाई एकतावद्ध राख्ने, विधि, पद्धति र कम्युनिष्ट मूल्यमान्यताअन्तर्गत सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशन/नीति निर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख समृद्धिको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने निर्णय पनि गरेको जानकारी दिए।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अरू नेताले पनि अहिलेसम्म भएका कमीकमजोरीमा आत्मआलोचना गरेका थिए।

‘यसक्रममा पार्टी वा सरकार सम्बन्धित क्षेत्रमा जेजति कमीकमजोरी भएका छन् तिनमा प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत आत्मआलोचना गर्नुभएको छ। आफ्नो हकको जिम्मेवारी प्रचण्ड र अरू कमरेडले पनि आत्मआलोचना गर्दै बैठकले त्यहीअनुसार अघि बढ्ने संकल्प पनि गरेको छ,’ श्रेष्ठले भने।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]