आसन र टेवल मिल्दा मिल्यो नेकपाको विवाद

Logo
खेमराज दाहाल आइतबार, बैशाख २१, २०७७

दुई पार्टी मिलेर बनेको नेकपामा दुई अध्यक्षले जेट विमानका दुई चालक भनेर आफुले आफुलाई अर्थ्याएका थिए। जेट बिमानमा दुई चालकको के कस्तो भूमिका हुन्छ त्यो प्राविधिक कुरा भयो तर नेकपाका दुई चालकमा भने समानता देखिएको थिएन।

मुलुकको प्रधानमन्त्री बनेका एक अध्यक्ष केपी शर्मा ओली पार्टीमा पनि हावी हुदै गए। सारीरिक रुपमा केहि अस्वस्थ ओलीलाई पार्टी र सरकार दुवै संचालन गर्न सकस भएको भन्दै घुमाउरो पारामा अध्यक्ष छाड्न दवाब आई रहेको थियो।

अर्का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) भने पार्टीमा छायाँ अध्यक्ष जस्तै मात्र देखिएका थिए। आलोपालो बैठकको अध्यक्षता गर्ने भने पनि ओलीले एक्लैले बैठकको अध्यक्षता गर्दै आएका थिए।

यसै कुरामा पार्टी भित्र सामान्य रुपमा असन्तुष्टि पलाउदै जादा २०७६ साल मङ्सिर ५ गते नेकपाको सचिवालय बैठकले पार्टी र सरकारको भूमिकालाई प्रभावकारी बनाउन अध्यक्षद्वयको कार्यविभाजन टुङ्गो लगाएको थियो । जसमा अध्यक्ष ओली प्रधानमन्त्रीका हैसियतमा सरकारको काममा केन्द्रित हुने र अर्का अध्यक्ष प्रचण्ड कार्यकारी भूमिकासहित पार्टी सञ्चालनमा केन्द्रित हुने निर्णय भएको थियो।

यस्तो निर्णय भएपनि अध्यक्ष सहित प्रधानमन्त्री बनेका ओलीले पार्टीमा आफुलाई प्रथम अध्यक्षका रुपमा प्रस्तुत गरे। पार्टीमा सल्लाह समेत नगरी प्रधानमन्त्री ओलीले राजनीतिक दल सम्बन्धी दुई अध्यादेश ल्याए पछि पार्टी भित्र ठुलो विवाद चर्केको थियो।

ब्यापक आलोचना र बिरोध पछि ओलीले अध्यादेश फिर्ता गरेपनि पार्टी भित्रको विवाद भने साम्य हुन सकेन। बिवाद र असन्तुष्टिका बिच बुधबार बसेको नेकपा सचिवालय बैठकमा छायाँ अध्यक्ष जस्तै बनेका प्रचण्डले प्रधानमन्त्री ओलीको राजिनामा सहित बैठकमा आसन, कुर्सि र टेवलमा गरिएको विभेदको बारेमा असन्तुष्टि राखेका थिए।

शनिबार फेरी बसेको सचिवालय बैठकमा भने दुई अध्यक्षका लागि रातो कपडाले छोपिएका टेबल र उस्तै कुर्सी सँगसँगै राखिएका थिए । अरू सदस्यको टेबल अघिल्लो बैठकझैं उस्तै थिए।

बैठकको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले भने “सरकारबाट भएका कमीकमजोरीको म जिम्मेवारी लिन्छु । आत्मालोचना गर्छु । तपाईंहरु पनि आफ्ना कमजोरीप्रति आत्मालोचना गर्नुस”

प्रसन्न मुद्रामा देखिएका प्रधानमन्त्री ओलीले थप्दै भने, “हाम्राबीच तीतापिरा भए, “पार्टी विभाजन होला कि भन्ने ठाउँमा पनि पुग्यौं, तर एकता गर्नुको विकल्प छैन। त्यसैले हामी मिलेर अगाडि जानुपर्छ।”

शनिबार बसेको बैठकमा अर्का अध्यक्ष प्रचण्डले पार्टी एकतालाई मजबुत बनाउन हामी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । उनले भने, “पार्टी एकतालाई मजबुत बनाउन हामी एकताबद्ध भएर अघि बढ्नुपर्छ । एकताको सन्देश दिन पनि स्थायी कमिटी बैठक बोलाऔ।”

अघिल्लो बैठकमा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका र उनको तीखो आलोचना गरेका प्रचण्डले शनिबारको बैठकमा राजीनामाको मुद्दा मात्र छाडेनन्, सँगै मिलेर अगाडि जानुपर्ने पनि बताए।

दुई अध्यक्षबीच कुरा मिलेपछि बुधबार प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएका वामदेव गौतमबारे शनिबारको बैठकमा झन्डै विषय नै उठेको थिएन।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]