कांग्रेसले गर्यो २० थान पिपीई वितरण

Logo
आइतबार, बैशाख २१, २०७७

कोरोनाको सबैभन्दा बढी प्रभाव परेको क्षेत्र उदयपुरलाई नेपाली कांग्रेसले पिपीई सेट वितरण गरेको छ। राष्ट्रिय सभाका संसद रमेश जंग रायमाझी सहित उदयपुर कांग्रेसले २० थान पिपीई सेट र २० थान पिपीई गाउन वितरण गरेको हो।

पिपीई सेट अन्तर्गत ग्लोबस, माक्स, चस्मा, हेड कभर, जुत्ता गरेर २० थान र गाउन २० थान उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको रोहबरमा जनस्वास्थ्य कार्यालय उदयपुरलाई बितरण गरेको नेपाली काग्रेस उदयपुरका नगर सभापति सरोज बस्नेतले जानकारी दिए।

पिपीई सेट हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस उदयपुरका सभापति बिदुर बस्नेत, नगर सभापति सरोज बस्नेत, प्रमुख जिल्ला अधिकारी दिपक पहाडी, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बिर बहादुर बुढा मगर, जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुबेदी लगाएतको उपस्थिती रहेको थियो।

पिपीई सेट हस्तान्तरण गर्दै संसद रायमाझीले कोरोनाले प्राभाव पारेको क्षेत्र भए पनि यहाँका नागरिकले लकडाउनको पूर्ण पालाना गरि कोरोना संक्रमण रोक्न सफल भएकोमा खुसी ब्याक्त गरे।

यस्तै नगर सभापति बस्नेतले कांग्रेसले आउदो दिनमा अझै सहयोग गर्दै जाने बताए। उनले केहि दिनमा उदयपुरमा सेनिटाइजर पनि उपलब्ध गराउने बताए। यस अघि कांग्रेसले बस्नेतको संजकत्वमा दैनिक ज्यालामजदुरी गरि खानेहरुलाई साढे दुइ लाख बराबरको खाद्यान्न सहयोग गरेको थियो।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]