समीक्षाको सम्पूर्ण उपचार खर्च एन्फाले व्यहोर्ने

Logo
सोमबार, बैशाख २२, २०७७

मोरङ- उदयपुर बेलका नगरपालिका ५ की १६ बर्षीय महिला फुटबलर समीक्षा मगरको सम्पूर्ण उपचार खर्च अखिल नेपाल फुटबल संघ (एन्फा)ले व्यहोर्ने भएको छ । बैशाख १२ गते परिवारसँगै खेतमा सिमल तरुल खन्ने क्रममा मगरको दाहिने आँखामा चोट लागेको थियो।

चोटलागेपनि सामान्य अवस्थामा रहेको आँखा जचाउन धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठान आउँदा आँखामा लागेको चोटका कारण उनलाई ज्वरो आएपछि स्वाबको नमुना लिँदै डाक्टरले आँखाको उपचार नै नगरी आइसोलेसनमा बस्न पठाए ।

त्यहाँ उनलाई डाक्टरले परैबाट हेरेर औषधि दिए । तीन दिनपछि रिपोर्ट नगेटिभ आयो र त्यसपछि बिपीले आँखाको नानीमा समस्या जनाउँदै विराटनगरस्थित विराटनगर आँखा अस्पताल लैजान भन्यो र १८ गते डिस्चार्ज दियो ।

यतिञ्जेलसम्म आँखामा चोट लागेको ६ दिन वितिसकेको थियो । तर, युवतीको आँखामा कुनै सुधार हुन सकेको थिएन । थप उपचारका लागि विराटनगर आएका उनीहरुलाई विराटनगर आँखा अस्पतालले आँखामा गम्भीर चोट लागेको र इन्फेक्सन धेरै भएको जनाएको छ ।

मगरको पारिवारिक आर्थिक अवस्था कमजोर भएकोले एन्फाकोतर्फबाट प्रारम्भिक उपचार खर्च स्वरूप एन्फाका सह–महासचिव वसन्त अर्यालले नगर २५ हजार र विराट साँग्रिला स्पोर्टिङ क्लब नगद २५ हजार रुपैयाँ सहयोग गरेका थिए ।

उपचाररत मगरलाई आइतबार अस्पतालमा भेट्न आएका एन्फाका प्रवक्ता किरण राईले उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च एन्फाले व्यहोर्ने बताए । राईसँगै अस्पताल विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली पनि पुगी मगरको स्वास्थ अवस्था बुझेका थिए ।

युवा महिला खेलाडीलाई परेको दुःखमा एन्फा साथमा रहेको र एन्फाले उनलाई आर्थिक रूपमा कुनै किसिमको समस्या हुन नदिने प्रबक्ता राईले बताए । यस अघि नै मगरको उपचारका लागि २५ हजार दिसकेको र अब पनि अन्य सम्पूर्ण खर्च एन्फाले बेहोर्ने राइले जानकारी दिए। आर्थिक अवस्था कमजोर रहेको मगर परिवारलाई एन्फाले समीक्षाको उपचारपछि पोषिलो खानेकुरामा समेत सहयोग गर्ने राईले बताए ।

त्यस्तै अस्पताल पुगेका विराटनगरका प्रमुख भीम पराजुलीले व्यक्तिगत रूपमा २५ हजार रुपैयाँ समीक्षाको उपचारमा सहयोग गर्दै परिवारलाई प्रदान गरेका छन् । पराजुलीले सहयोग रकम दिँदै मगर परिवारलाई परेको दुःखमा महानगरले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै एन्फाको महिला विभाग प्रमुख हरि खड्का र महिला राष्ट्रिय खेलाडीहरूले ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]