पेट्रोलियम पदार्थको मूल्यसूची घटेर आए पनि निगमले मूल्य घटाएन

Logo
सोमबार, बैशाख २२, २०७७

काठमाडौं – अन्तर्रा्ष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आए पनि नेपाल आयल निगमले लकडाउन सुरु भएपछि मूल्य समायोजन गरेको छैन ।

भारतीय आयल कर्पोरेसनसँगको स्वचालित मूल्यसूची अनुसार हरेक १५/१५ दिनमा मूल्य समायोजन हुने व्यवस्था छ तर यो अहिले कार्यान्वयन भएको छैन ।

इन्डियन आयल कर्पोरेसनबाट शनिबार आएको स्वचालित मूल्यसूची घटेर आए पनि निगमले मूल्य घटाएको छैन । १५ दिनअघिको मूल्यसूची अनुसार पनि निगमले मूल्य समायोजन गरेन ।

निगमले शनिबार विज्ञप्ति जारी गरी अन्तर्रा्ष्ट्रिय बजार मूल्यबमोजिम पेट्रोल तथा डिजेलको खरिद मूल्य घटेर आए पनि हाल पेट्रोलियम पदार्थको माग अत्यधिक न्यून रहेकाले तत्काललाई मूल्य समायोजन यथावत् राखिएको जनाएको छ ।

निगमले कारोबार नभएको वहानामा स्वचालित मूल्यसूची समेत कार्यान्वयन गरेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]