विकास निर्माण आयोजना लगायतका महत्त्वपूर्ण संरचनाको जिम्मा सेनालाई सीमाको जिम्मा प्रहरीलाई

Logo
सोमबार, बैशाख २२, २०७७

काठमाडौं । सरकारले विकास निर्माण आयोजनालगायतका महत्त्वपूर्ण संरचनाको सुरक्षा जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा खटाउने भएको छ ।

आइतबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितिमा गृहमन्त्रालयमा बसेको बैठकमा महत्त्वपूर्ण संरचनाको जिम्मा सेनालाई दिएर प्रहरीलाई कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सीमा नाकामा खटाउने निर्णय भएको हो ।

यसअघि निर्वाचनको समयमा महत्वपूर्ण संरचनाको जिम्मा सेनालाई दिएर प्रहरीलाई निर्वाचनमा खटाउने गरिएको थियो । त्यही नजीरको आधारमा अहिले प्रहरीलाई सीमानामा खटाउन लागिएको एक अधिकारीले जानकारी दिए ।

बैठकमा गृहमन्त्री बादलले कोरोना संक्रमणको केन्द्र चीन, युरोप अमेरिका हुँदै अब दक्षिण एसियातर्फ बढ्न लागेको भन्दै खुला सीमा रहेका कारण नेपालले अब विशेष सावधानी अपनाउन आवश्यक रहेको बताए । उनले सीमामा थप कडाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई निर्देशन दिए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]