उदयपुरका २८ कोरोना संक्रमित मध्ये १३ जना निकोहुने क्रममा

Logo
खेमराज दाहाल मंगलबार, बैशाख २३, २०७७

उदयपुरमा कोरोनाको संक्रमण पुष्टि भएका २८ मध्ये १३ जनाको उपचार पछि पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। वैशाख ५ गते संक्रमणको पुष्टि भएका १३ जनाको कोरोना अस्पताल विराटनगरको आईसोलेसनमा साढे दुई हप्ताको उपचार पछि गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

सुरुका १३ जनामा शुक्रबार र सोमबार गरिएको परिक्षण रिपोर्टमा कोरोना नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुुरका प्रमुख मोहन प्रसाद सुवेदीले जानकारी दिए । अव पुनः गरिने टेष्ट मा पनि नतिजा नेगेटिभ आए डिस्चार्ज गरिने सुबेदीले जानकारी दिए।

उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको मस्जिदमा बस्दै आएका १ नेपाली सहित १२ भारतीयमा संक्रमण देखिएको थियो । उनीहरुपछि संक्रमण पुष्टि भएका थप १५ जना पनि कोरोना अस्पताल विराटनगरकै आईसोलेसमा उपचाररत छन् । पहिलो पटक संक्रमणको पुष्टि भएका १३ भन्दा पछि भेटिएका थप ८ संक्रमितको पनि आईसोलेसन बसाई १४ दिन पुगेकाले स्वाब परीक्षण गरिने सुबेदीले बताए।

संक्रमित बिरामीको हरेक १४ दिनमा स्वाब परीक्षण गर्ने गरिन्छ । यो परीक्षणमा पोजेटिभ रिपोर्ट आए थप १४ दिन उनीहरू अस्पताल बस्नुपर्ने हुन्छ भने नेगेटिभ रिपोर्ट आएमा लगातार दुई परीक्षण गरी डिस्चार्ज गरिन्छ ।

संक्रमितहरूमध्ये पहिलो चरणमा भर्ना भएका उदयपुरका १३ जनाको शुक्रबार स्वाबको नमुना संकलन गरी परीक्षण गरिएको थियो । सोमबार पुनः दोस्रो पटक परीक्षण गरिएको थियो जसमा दुवै रिपोर्ट नेगेटिभ आएको थियो । उनीहरुको अव दुई दिन पछि पुनः परीक्षण गरिनेछ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry