नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

Logo
मंगलबार, बैशाख २३, २०७७

काठमाडौं : बाँकेको नेपालगञ्जका थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिए संगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ। भेरी अस्पतालमा पीसीआर परीक्षणका क्रममा थप ७ जनामा कोरोना पोजेटिभ देखिएको हो । गएराति गरिएको परीक्षणका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यसअघि नेपालगञ्जमा १६ जना कोरोना संक्रमितको पहिचानपछि उपचार भइरहेको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ८२ पुगेको छ । संक्रमण पुष्टि हुनेमा चार महिला र तीन पुरुष रहेका छन् ।

नेपालगञ्ज महानगरपालिका ८ का २२, ३० र ४० वर्षका पुरुष तथा ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित सबैको अवस्था सामान्य रहेको छ । उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालभर कोरोना संक्रमितको पुष्टि भएका ८२ मध्ये १६ जना उपचारपछि निको भएका छन् । कुल संक्रमितमध्ये प्रदेश नम्बर १ मा मात्रै ३१ जना छन । यसैगरी प्रदेश नम्बर ५ मा २४ र प्रदेश नम्बर २ मा १३ जनामा संक्रमण देखिएको छ ।

यस्तै बागमती प्रदेशमा ७ र सुदूरपश्चिममा ५ जनामा संक्रमण देखिएको छ । अहिले १ सय ६ जना संकास्पद विरामी आइसोलेसनमा उपचाररत रहेका छन् । देशभरी २१ हजार ५ सय २३ क्वारेन्टाइनमा रहेका छन् ।

हिजोसम्म पिसिआर विधिबाट १३ हजार ६ सय ४० जना नमुना परीक्षण भएको छ । आरडिटी विधिबाट ५० हजार ८ सय ४५ जनाको परीक्षण भएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry