नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न प्रहरीले चलायो गोली

Logo
मंगलबार, बैशाख २३, २०७७

झापा : नेपालतर्फ प्रवेश गर्न खोज्ने भारतीय नागरिकलाई रोक्ने क्रममा झापामा प्रहरीले हवाइ फायर गरेको छ । गएराति झापा गाउँपालिका– ४ स्थित सुकुम्वासी बस्ती नजिकैवाट एक सय भन्दा बढी भारतीय नागरिक जर्वजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले गोली चलाएको हो ।

नेपाल छिर्न खोज्नेले सुरक्षाकर्मीलाई आक्रमण प्रयास गरेपछि दुई राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्रले गोली चलाएपछि भारतीय नागरिक त्यहाँबाट भागेको बताइएको छ ।

जवर्जस्ती नेपाल र्छिन खोज्ने दुई जनालाई सशस्त्र प्रहरीले रोकेपछि उनीहरु गाँउले भेला गरेर सीमा क्षेत्रमा आएपछि तनाव भएको बताइएको छ ।

झापासँगको सीमामा भारतीय नागरिकले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेको यो दोस्रो घटना हो । साताअघि कचनकवल गाउँपालिका–४ स्थित सीमाक्षेत्रमा पनि बलजफ्ती नेपाल पस्न खोजेका केही भारतीयले प्रहरीमाथि आक्रमण प्रयास गरेका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]