उदयपुरमा कांग्रेसको सक्रियता, खाद्यान्न देखि स्वास्थ्य सामाग्री हस्तान्तरण

Logo
मंगलबार, बैशाख २३, २०७७

देशकै सबैभन्दा बडी कोरोना संक्रमित भेटिएको उदयपुरमा कोरोना संक्रमणलाई रोक्न विभिन्न पहलहरु भैरहेका छन्। संक्रमणलाई रोक्न राजनितिकदलका नेता तथा कार्यकर्ताहरु पनि लागि परेका छन्।

यसै क्रममा कोरोना भाइरस संक्रमणलाई रोक्न प्रयोग हुने स्यानिटाईजर उदयपुर कांग्रेसले सहयोग गरेको छ। स्यानिटाईजर निर्माण गर्नका लागि प्रयोग हुने सोडिएम हाईपोक्लोराईट एक हजार लिटर हस्तानतरण गरिएको छ ।

एक लाख लिटर स्यानिटाईजर बनाउन सकिने मात्राको एक हजार लिटर सोडिएम हाईपोक्लोराईट आज जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुम मोहन सुबेदीलाई हस्ताणतरण गरिएको नेपाली कांग्रेसका त्रियुगा नगरका सभापति सरोज बस्नेतले जानकारी दिए।

उक्त एक हजार लिटर सोडिएम हाईपोक्लोराईट जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरलाई दुई सय लिटर, जिल्ला प्रहरी कार्यालय गाईघाट उदयपुरलाई एक सय लिटर, जिल्ला कारागार कार्यालय उदयपुरलाई ४० लिटर, त्रियुगा नगरपालिका कार्यालयलाई २०० लिटर, उदयपुरगढि गाउँपालिकालाई एक सय लिटर हस्ताणतरन गरिएको हो ।

त्यसैगरी रौतामाई गाउँपालिका उदयपुरलाई १०० लिटर, चौदण्डिगढि नगरपालिका उदयपुरलाई १०० लिटर, बेलका नगरपालिका उदयपुरलाई १०० लिटर, एम्बुलेन्स चालक संघ उदयपुरलाई २० लिटर र बचत तथा ऋण सहकारी संघलाई ६० लिटर हस्ताणतरण गरिएको थियो ।

यस अघि कांग्रेसले त्रियुगा नगरपालिकाको बिपत राहत कोष मार्फत ६० क्विनटल चामल सहयोग गरेको थियो।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]