कोरोनाको कहरबीच भारतमा देखियो अफ्रिकी स्वाइन फ्लू

Logo
बुधबार, बैशाख २४, २०७७

भारतको असममा अफ्रिकी स्वाइन फ्लूका कारण हालसम्म साढे दुई हजार बढी सुँगुरको मृत्यु भइसकेको छ । असमको सातवटा जिल्लामा सोमबारसम्म करिब ३०६ गाउँमा २५ सयभन बढी सुँगुरको मृत्यु भएको ।

एकातर्फ राज्य सरकारको पूरा प्रशासन कोरोनाभाइरस महामारी नियन्त्रणमा लागेको छ भने अर्कोतर्फ प्रदेशमा अफ्रिकी स्वाइन फ्लू देखिएपछि सरकारको तनाव एकाएक बढेको छ ।

राज्य सरकारका अनुुसार प्रदेश सरकारमा पहिलो पटक अफ्रिकी स्वाइन फ्लू देखिएको हो । यो एक घातक रोग हो जुन हाल घर पालुवा सुँगुँमा मात्रै देखिएको छ । यो फ्लूबाट संक्रमित सुँगुरको शत प्रतिशत मृत्यु हुन्छ ।

के अफ्रिकी स्वाइन फ्लू सँगुरबाट मानिसमा सर्छ ? यो प्रश्नको जवाफमा असम पशुधन निगमका अध्यक्ष मनोज सैकियो भने, ‘असममा अफ्रिकी स्वाइन फ्लूको यो पहिलो घटना हो र हालसम्म प्राप्त जानकारी अनुसार यो मानिसमा फैलिदैन र यो फ्लूको कोभिड–१९ संक्रमणसँग कुनै सम्बन्ध छैन ।’

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।