निको भएर फर्किएका सनसिटीका पुरुषसहित तीनजनामा पुन: देखियो कोरोना भाइरस

Logo
बुधबार, बैशाख २४, २०७७

काठमाडौं : काठमाडौंको पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकजना पुरुषसहित तीनजनामा पुनः कोरोना भाइरसको संक्रमण देखिएको छ।

पाटन अस्पतालको आइसोलेसनमा करिब १० दिन लामो उपचारपछि घर फर्किएका ५२ वर्षीय उनीमा नियमित स्वाब जाँचका क्रममा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

उनी आफ्नी ८१ वर्षीया आमासहित कोरोना निको भएर वैशाख ११ गते पाटन अस्पतालबाट फर्किएका थिए। गत चैत ५ मा बेलायतको लण्डनबाट आएका उनी सनसिटीको १४‍औँ तलामा बस्दै आएका थिए।

वैशाख १ गते कोरोना पुष्टि भएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको थियो। उपचारपछि निको भएर फर्किएको दुई सातामै पुन: कोरोना देखिएको हो।

अस्पतालबाट फर्किए पनि केही सातासम्म नियमित स्वाब परीक्षण गरिन्छ। स्वाब परीक्षणकै क्रममा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो। उनलाई अहिले पाटन अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको छ।

यसअघि कोरोनालाई जितेर घर फर्किएका भनिएका रौतहट र पर्साका २ जनामा पनि कोरोना पुनः संक्रमण पुष्टि भएको छ। चिकित्सकहरुले निको भएकामा फेरि संक्रमण देखिनु खतरनाक हुने बताएका छन्।

पर्साको नारायणी अस्पतालमा उपचारपछि घर फर्किएका दुई जनामा पनि कोभिड-१९) को संक्रमण पुन: देखिएको हो। भारतको दिल्लीबाट आएर कोरोना भएपछि उपचार गरेर निको भएका रौतहटका युवा र वीरगञ्‍जको मस्जिदमा बस्दै आएका भारतीय जमातीमा फेरि संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसअघि वीरगञ्जको छपकैयामा रहेको मस्जिदमा बसेका तीनजना भारतीय मुस्लिम जमातीमा कोरोना देखिएको थियो। उनीहरुको नारायणी अस्पतालस्थित आइसोलेसनमा उपचार पनि निको भएका थिए। तर ती जमातीमध्ये एकमा कोरोनाको पुन: संक्रमण देखिएको हो।

ती जमातीहरुलाई मस्जिदबाट निकालेर जाँच गर्दा गत चैत ३० गते कोरोना देखिएको थियो। दिल्लीबाट आएका रौतहटका युवकमा वैशाख १ गते कोरोना देखिएको थियो। उनीहरुलाई १५ दिन लामो उपचारपछि निको भएको भन्दै अस्पतालबाट बिदा गरिएको थियो। ती चारैजनाको तीन पटकको परीक्षण कोरोना नेगेटिभ देखिएपछि घर पठाइएको थियो।

तर घर पुगेको एक सातापछि डिस्चार्ज गरिएकामध्ये दुईजना नारायणी अस्पतालमा जँचाउन गएका थिए। स्वास्थ्यमा गडबडी भएपछि पुगेका उनीहरुको स्वाब जाँच्दा फेरि कोरोना देखिएको हो। उनीहरुलाई नारायणी अस्पतालकै आइसोलेसनमा राखेर उपचार भइरहेको छ। निको भएकामा फेरि कोरोना देखिएपछि चिकित्सकको पनि चिन्ता बढाएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।