एकल पुरूषलाई पनि मासिक भत्ता

Logo
रासस बुधबार, बैशाख २४, २०७७

एकल महिलाले मात्र होइन, एकल पुरूषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। यसका लागि मेलम्चीको हेलम्बु गाउँपालिकाले श्रीमती मृत्यु भएका सबै उमेरका समूहका एकल पुरूषलाई आन्तरिक स्रोतबाट मासिक रु ५०० भत्ता उपलब्ध गराउन सुरूआत गरेको छ।

सो गाउँपालिकाका सात वटै वडाका १९५ जनालाई भत्ता वितरण गरिएको अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए। उनका अनुसार पालिकाले सो भत्ता वितरणका लाागि चालू आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन थियो।

‘राज्यले महिला पुरूष समान भनेकाले व्यवहारिकरूपमै हामीले त्यसको सुरूआत गरेका हौं। समानताको नाराअनुसार नै एकल पुरूषलाई पनि भत्ता वितरण गरिएको हो’, उनले भने।

एकल पुरूष भत्ता लिइरहेकाले ज्येष्ठ नागरिक भत्ता लिन सुरू गरेपछि भने दोहोेरो सुविधा पाउने छैनन्।

हाल पालिकाभित्रका सबै वडामा एकल पुरूषको सङ्ख्या सङ्कलन गर्ने काम भइरहेको र ३५० कोे हाराहारीमा सो सङ्ख्या रहेको जानकारी सो गाउँपालिकाले दिएको छ।

अहिले रु ५०० बाट सुरू गरेको यो कार्यक्रम आगामी वर्षहरूमा बढाउँदै लैजाने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]