उदयपुरका ६ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

एक साता विराटनगरमै राखिने
Logo
खेमराज दाहाल बुधबार, बैशाख २४, २०७७

विराटनगर । बैशाख ५ गते उदयपुरको भुल्केमा कोरोना भाइरसको पोजेटिभ भेटिएपछि विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएर डिस्चार्ज भएका छन् ।

उनीहरुमा गरिएको तीनवटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि बुधबार बिहान डिस्चार्ज गरिएको हो । अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विदाइ गरेका थिए।

एक पटक कोरोनाको संक्रमण भएर निको भएर फर्किएका हरुलाई पनि पुन: संक्रमण देखिएकोले डिस्चार्ज भए पनि उनीहरुलाई विराटनगर -१४ काे रानी मर्कजमा राखिने काेशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संगीता मिश्रले बताइन् ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका १ नेपाली सहित १२ भारतीय जमातीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये ६ जना निको भएर डिस्चार्ज भएका हुन् । उनीहरुलाई फूलका गुच्छा दिएर विदाई गरिएको छ ।

विराटनगरको कोरोना विशेष अस्पतालमा उदयपुरमा संक्रमण पुष्टि भएका मात्र २८ जना र बाँकी ३ जनामध्ये दुईजना झापा र एक जना भोजपुरका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]