कोरोना संक्रमणबाट जोगिन प्रधानमन्त्री संसदका १२ सिटमा एक्लै बस्ने

Logo
बिहिबार, बैशाख २५, २०७७

बैशाख २६ गते ४ बजेबाट सुरूहुने संघीय संसदको बजेट अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठकमा उपस्थित हुँदा उनको वरपरका १२ सिट खाली राखिने भएको छ। कोरोना भाइरस संक्रमणबाट जोगाउन प्रधानमन्त्री संसद बैठकमा उपस्थित भएका बेला यस्तो दुरी कायम गर्न लागिएको हो।

केही समयअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको वरपर संसद बैठक क्रममा कुनै पनि मन्त्री बस्ने छैनन्। प्रतिनिधिसभामा प्रधानमन्त्री बस्ने सिट र कार्यकक्ष निरीक्षण गरी चिकित्सकहरूले प्रधानमन्त्री आसपास कसैलाई पनि बस्ने व्यवस्था नगर्न संसद सचिवालयलाई सुझाव दिएका हुन्।

सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह र स्वास्थ्य सेवा विभाग टेकुका डाक्टर अमृत पोखरेल नेतृत्वको टोलीले बुधबार प्रतिनिधिसभा बैठक कक्ष अवलोकन तथा निरीक्षण गरी यी सुझाव दिएको हो।

संसदमा सरकारको बेञ्चको पहिलो र दोश्रो लाइनमा प्रधानमन्त्री एक्लै हुनेछन्। त्यसपछि मन्त्रीहरू दुई-दुई सिटको दुरी कायम गर्दै बस्नेछन्। संसद भवनस्थित प्रधानमन्त्रीको कार्यकक्षमा समेत उनी भएका बेला ६ जनाभन्दा धेरै भित्र पस्न पाउने छैनन्।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]