नगरले लिदै आएको कर ४ महिनाका लागि छुट

Logo
बिहिबार, बैशाख २५, २०७७

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले उद्योग, व्यावसाय, चालक, घरबहालसहित विभिन्न करमा छुट दिने घोषणा गरेको छ । कोरोना भाइरस (कोभिड १९) को कारण लकडाउनका कारण नगर क्षेत्र भित्र व्यावार व्यावसाय गर्नेहरुको लागी राहत पुगोस् भन्ने हेतुले छुट दिने घोषणा गरेको हो ।

त्रियुगा नगरपालिका ३ भुल्केका २८ जनामा संक्रमित भेटिएपछि कोरोनाको केन्द्रबिन्दु बन्न पुगेपछि सिंगो नगरपालिका आतंकित हुन पुगेको भन्दै नगरक्षेत्रका उद्योगी, व्यापार, व्यवसायी र अटो, टेम्पो चालकलाई कर छुट दिने निर्णय गरेको जनाइएको छ ।

चैत्र, बैशाख, जेठ र असारसम्मको घरबहाल कर, नगरले लिने व्यावसाय करमा छुट दिने भएको छ । रिक्सा, अटो पार्कीङ शुल्कमा छुट दिने निर्णय गरेको नगरले जनाएको छ ।

त्यस्तै साना मझौला घरेलु उद्योग दर्ता, नविकरणमा ५० प्रतिशत छुट दिने नगरले निर्णय गरेको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए । नगर भित्रका घर धनीलाई लकडाउन भरिको घर भाडा नलिन समेत मेयर चौधरीले आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]