बर्षासंगै आएको हावाहुरीले उदयपुरमा ठुलो क्षती गरेको छ। बिहिबार दिउसो १:३० बजे बर्षासंगै आएको आएको हावाहुरीले मानिसका घरका छाना उडाउनुका साथै रुख लडेर एक गाईसमेत किची मारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
उदयपुरको कटारी नगरपालिका ६ धप्पड बस्ने गुमान सिंह खड्काको पक्की घरको हुरीले गारो लडाएर छानो समेत उडाएर लग्दा ५ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बीरबहादुर बुढा मगरले जानकारी दिए।
यस्तै चौदण्डी नगरपालिका ४ बसाहा बस्ने गणेश बहादुर घिमिरेको घर नजिकैको सिमलको रुख हुरीले भाचिएर लड्दा गाई गोठ पूर्ण रुपमा भत्काएको छ। रुखले गोठमा बाधी रहेको एक गाइलाई समेत किचेर मारेको र संगै रहेको अर्को गाईलाई समेत गम्भीर चोट लागेको एसपी बुढा मगरले बताए।
बर्षा संगै आएको भिषण हावाहुरीले मानविय क्षति नभएपनि अन्य वाली नाली र फलफूलमा भने ठुलो क्षति पुर्याएको छ। हुरीले आँपका दाना, कटहर लगाएतका फलफुल समेत झारेर नष्ट पारेको छ।