एकसाता अघि भारतबाट आएका थिए कपिलवस्तुका दुई संक्रमित

Logo
शुक्रबार, बैशाख २६, २०७७

बिहीवार कोरोना भाइरसको संक्रमण पुष्टि भएका कपिलवस्तुका दुई युवक एकसाता अघि भारतबाट आएको खुलेको छ। १६ र २२ वर्षका ती युवक भारतको मुम्बईबाट एकसाता अघि जिल्ला प्रवेश गरेपछि क्वारेन्टाइनमा राखिएको थियो।

खुल्ला सिमानाको फाइदा उठाउँदै उनीहरु लुकेर नेपाल छिरेको थाहा पाएपछि स्थानीयले मायादेवी गाउँपालिका वडा नं. १ पकडीमा रहेको छत्रपाली तिर्थादेवी माविको क्वारेन्टाइनमा राखेका थिए।

क्वारेन्टाइनबाट उनीहरुको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा कोरोना भाइरसको भेटिएको पुष्टि भएको थियो।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले संक्रमित दुवै जनाको स्वास्थ्यअवस्था सामान्य रहेको र उनीहरुलाई बुटवलको आइसोलेसन अस्पतालमा ल्याइएको बताए।

संक्रमित दुबै जना मायादेवी गाउँपालिका वडा नम्बर २ का वासिन्दा हुन्। उनीहरुमा संक्रमण भेटिएकाले उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।

योसँगै प्रदेश ५ का तीन जिल्लामा कोरोना संक्रमण भेटिएको छ भने संक्रमितको संख्या २६ पुगेको छ। यसअघि बाँकेको नेपालगन्जमा २३ र रुपन्देहीको कोटहीमाईमा एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या सय नाघेको छ। बिहिबार थपिएका २ सहित अहिले १ सय १ जनामा कोरना पुष्टि भएको छ। जसमा १ दुइ महिने वालक रहेका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।