प्रहरी कुट्ने चिनियाँमाथि मुद्दा चलाइने

Logo
शनिबार, बैशाख २७, २०७७

काठमाडौँ : लकडाउन उलंघन गर्दै देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूलगेट अगाडि प्रहरी कुटपिट गर्ने चारजना चिनियाँ नागरिकविरुद्ध मुद्दा चलाइने भएको छ।

सिंहदरबार अगाडि डिएसपी हरिबहादुर बस्‍नेतसहितलाई रगताम्य हुने गरी कुटपिटमा संलग्‍न ती चिनियाँविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरिएको हो।

आफूहरुलाई घर पठाइदिन माग गर्दै करिब ५० जना चिनियाँ नागरिकले निषेधित क्षेत्र घोषित सिंहदरबार अगाडि धर्ना दिएका थिए। प्रहरीले रोक्न खोज्दा उनीहरुले प्रहरीमाथि लात्ती र मुक्का बर्साएका थिए।

प्रहरीमाथ आक्रमण हुँदा सिंहदरबार बृत्तका डिएसपी हरीबहादुर बस्‍नेतसहित घाइते भएका छन्। प्रहरीमाथि कुटपिटमा संलग्‍नमध्ये चारजनाविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को अभद्र व्यवहार कसुरमा मुद्दा चलाउन लागिएको हो।

अन्य ४३ जनालाई रिहा गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। पक्राउ परेका ४३ जनालाई रिहा गरिँदैछ भने मुद्दा चलाउन लागिएका ती चारजनालाई महानगरी प्रहरी बृत्त सिंहदरबारको हिरासतमा राखिएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।