हाल सम्म उदयपुरमा १ हजार १ सय १३ जनाको पिसिआर परिक्षण

Logo
शनिबार, बैशाख २७, २०७७

देशकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको उदयपुरमा हाल सम्म १ हजार १ सय १३ जनाको पिसिआर परिक्षण गरिएको छ। हाल सम्म पिसिआर परिक्षण गरेका मध्ये ३१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।

यस अघि २८ जनामा कोरोना संक्रमण देखिएको थियो भने आज शनिबार आएको रिपोर्टमा फेरी थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ

कोरोना रिपोर्ट पोजेटिभ देखिएका ३१ मध्ये १४ जना कोरोना अस्पताल बिराटनगरबाट निको भएर डिस्चार्ज भइसकेका छन् भने बाकी १७ जनाको अवस्था पनि सामान्य रहेको जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

पिसिआर परिक्षण गरिएका मध्ये ३ सय ८५ जनाको रिपोर्ट आउन बाकी रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन प्रसाद सुबेदीले जानकारी दिए। आरडिटी परिक्षणको विश्वसनीयता नभएपछि उदयपुरमा पिसिआर परिक्षणको दायरा फराकिलो पारिएको हो।

कोरोनाको इपिसेन्टर बनेको उदयपुरमा हाल ८ महिला सहित ६६ जना क्वारेन्टाइनमा छन् भने ४ सय ६० जना होम क्वारेन्टाइनमा छन्।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]