नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित १०९ पुगे

Logo
शनिबार, बैशाख २७, २०७७

काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परिक्षणमा थप ७ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उदयपुर भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिला र पर्सा निवासी १७, १८ र १८ वर्षका पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । साथै अन्य एक जना भने पर्सा छपकैया निवासी १ वर्षका पुरुष रहेको स्वास्थ्य मन्त्रालयल जनाएको छ ।

प्राप्त समाचारका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]