भारतको पछिल्लो कदम प्रति बिरोधमा उत्रिए विद्यार्थी

Logo
शनिबार, बैशाख २७, २०७७

काठमाडौं : भारतले नेपालका भूमि अतिक्रमण गरेको विरोधमा प्रदर्शन भएको छ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियूका नेता तथा कार्यक्रताले भारतीय दूतावास अगाडि प्रदर्शन गरेका हुन्।

प्रदर्शन गर्ने अनेरास्ववियूका नेता-कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। भारतले नेपालका भूमि अतिक्रमण गरेको भन्दै काठमाडौंस्थित भारतीय दूतावासअघि विरोध प्रर्दशन गर्न हिँडेका विद्यार्थीहरुलाई लैनचौर नपुग्दै उत्तरढोकाबाट प्रहरीले पक्राउ गरेको हो।

माइतीघर मण्डलमा कालो झण्डा लिएर विरोधमा उत्रिएका विद्यार्थीलाई पनि प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूलाई नगर प्रहरी परिसरमा राखिएको प्रहरीले जनाएको छ।

उनीहरूले भारतीय विस्तारवाद मूर्दावादको नारा लगाएका थिए। यस्तै, भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्न हिँडेका करिब ३० जना विद्यार्थीलाई पनि प्रहरीली उत्तर ढोका नजिकैबाट पक्राउ गरेको छ।

सीमा मिचेर भारतले लिपुलेकसहित नेपाली भूमिमा सडक बनाएर शुक्रबार उद्घाटन गरेपछि नेपालमा विरोध सुरु भएको हो।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]