सोलुसन अनलाइन टेलिभिजनका १५ प्रमुख खबर

Logo
शनिबार, बैशाख २७, २०७७

शोलुसन अनलाइन टेलिभिजनका टप फिफ्टीन हेडलाइन्समा स्वागत छ म विना मगर । सुरु गरौ आजका टप फिफ्टीन हेडलाइन्स
१. शनिबार थप ७ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १०९ पुग्यो, उदयपुर र कपिलवस्तुमा ३ ३ र पर्सामा थप एक जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयद्धारा जानकारी
२. उदयपुरको त्रियुगा नगरपालिकाले २ सय अतिविपन्नका लागि राहत सामग्री काठमाडौं पठायो, राहतको लागि काठमाडौंबाट लिष्ट नै आएकोले सोही अनुसार पठाएको नगर प्रमुख वलदेभ चौधरीको भनाई
३.भारतले लिपुलेकमा सडक बनाएपछि नेपालको कडा आपत्ति,नेपाली भूमिभित्र भइरहेका गतिविधि रोक्न भारतलाई परराष्ट्रको आग्रह
४.राजीनामा दिदै सत्कर्म गरेर इतिहास बनाउन प्रधानमन्त्री ओलीलाई पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईको सुझाव, सत्ताको दुरुपयोग नगरी राजनैतिक नैतिकता देखाउन पनि ओलीलाई भट्टराईको आग्रह
५. लकडाउनका कारण मुलुकमा दैनिक १० अर्ब क्षति, अर्थतन्त्र पुन रुत्थानका लागि २ खर्ब रुपैया बराबरको आर्थिक प्याकेज ल्याउन सरकारलाई सुझाव
६.सरकारी कार्यालयहरु पूर्ववत रुपमा सन्चालन गर्ने सरकारको तयारी,नया आर्थिक वर्ष सुरु हुने बेला आन्तरिक काम बढी हुने भएकाले कर्मचारीहरु उपस्थित हुनुपर्ने
७. शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा ई लर्निङ पोर्टल सञ्चालन,कक्षा १ देखि १० सम्मका विद्यार्थीले पढ्ने सामग्रीहरु सो पोर्टलमा समावेश
८. पुल टेस्टिङबाट कोरोना भाइरस परीक्षण गर्ने सरकारको निर्णय, एउटा किटबाट १० वटा नमूना परीक्षण गर्ने मिल्ने
९.पत्रकारलाई कामबाट हटाउने, पारिश्रमिक घटाउने र बिदा दिने काम तत्काल रोक्न महासंघको आग्रह, सो क्रम नरोकिए कानुनी लगायतका सबै संघर्षमा जान बाध्य हुने महासंघको चेतावनी
१०. कतार सरकारले डिर्पोट गरेर नेपाल पठाएका नेपाली श्रमिकले तलब पाउने, श्रमिकका लागि कतारले तलव नेपाल पठाईसकेको दूतावासको भनाई
११.प्रहरीमाथि हातपात गर्ने ४ चिनिया नागरिक विरुद्ध मुद्दा चलाइने, हातपात गर्नेमाथि कानूनी कारबाही गर्न दूतावासको पनि आग्रह
१२. निर्माण सामग्री बोक्ने सवारीलाई पास नचाहिने,सरकारले तोकेका गतिविधि गर्न नदिने विषयमा भने थप कडाइ गरिने
१३.लकडाउनका कारण कुखरापालन व्यावसाय धरासायी, बजार र दाना अभाव हुन थालेपछि व्यावसायीहरु निराश
१४. लिपुलेक–मानसरोवर सडक निर्माण विरुद्ध माइतीघरमा पनि प्रदर्शन, प्रदर्शनमा उत्रिएका १३ जना पक्राउ

१५. विश्वभर कोभिड १९ संक्रमितको संख्या ४० लाख नाघ्यो, २ लाख ७६ हजार बढिको निधन, संक्रमित मध्ये १३ लाख ७७ हजार बढि उपचारपछि निको भएर फर्किए

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।