ओली प्रचण्डको संयुक्त वक्तव्य – लिपुलेकमा भारतले सडक बनाउँदा नेपालको सार्वभौमिकताको अवमुल्यन

Logo
आइतबार, बैशाख २८, २०७७

सत्तारुढ नेकपाले भारतले नेपालको लिपुलेक हुँदै निर्माण गरेको सडकले नेपालको सार्वभौमिकताको अवमुल्यन गरेको जनाएको छ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त वक्तव्य जारी गर्दै सडक निर्माण गर्ने कार्यले सार्वभौमिकताको अवमुल्यन गरेको जनाएका हुन्।

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले शुक्रबार नेपालको लिपुलेक पास हुँदै चीनको मानसरोवर जोड्ने सडकको उद्घाटन गरेको थिए। नेपाल सरकारले उक्त कार्यलाई खेदजनक भनेको छ।

नेकपाले सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वको भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भएको उल्लेख गरेको छ। नेपालले पटकपटक सचिव स्तरीय वार्ता मार्फत् सीमा विवाद सुल्झाउन गरेको पहललाई भारतले वेवास्ता गरेको नेकपाको वक्तव्यमा उल्लेख छ।

साथै नेकपाले तत्काल सडक निर्माण कार्य रोक्न माग गरेको छ। सीमा क्षेत्रमा थप जटिलता उत्पन्न हुने कुनै कार्य नगर्न समेत भारतलाई नेकपाले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]