भारतले भन्यो सडक हाम्रै भूमिमा बनाएको छ अतिक्रमण गरेको छैन

Logo
सोलुसन सम्बाददाता आइतबार, बैशाख २८, २०७७

काठमाडौं : भारतले उत्तारखण्डस्थित आफ्नै भूमिमा सडक बनाएको जवाफ नेपाललाई दिएको छ। भारतीय विदेश मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै उक्त सडक खण्ड उत्तराखण्डको राज्यको पिथौरागढ जिल्लामा पर्ने र तिर्थालुहरुले कैलाश मानसरोवर यात्राका लागि प्रयोग गर्दै आएको साविककै मार्गअन्तर्गत रहेको उल्लेख गरेको छ ।

‘उत्तराखण्डको पिथौरागढ जिल्लामा शुक्रबार उद्घाटन गरिएको सडकमार्गबारेमा नेपालस्थित परराष्ट्रमन्त्रालयले जारी गरेको विज्ञप्ति हामीले अध्ययन गरेका छौं’, विज्ञप्तिमा भनिएको छ, ‘हिजो मात्रै उद्घाटन गरिएको सडक उत्तराखण्ड राज्यको पिथौरागढ जिल्ला अन्तर्गत पर्छ। र, यो पूरा भारतको भौगोलिक सीमा क्षेत्र भित्र बनेको सडक हो।’

‘कैलाश मानसरोर यात्रीले पहिलेदेखि नै हिँड्दै आएको मार्गलाई नै सडकका रुपमा विस्तार गरिएको हो’, विज्ञप्तिमा भनिएको छ, ‘भारत सरकारको परियोजना अन्तर्गत तीर्थयात्री, स्थानीय र व्यापारीहरूले पैदलयात्रा गर्दै आएको स्थानमै उनीहरुको सहज र सुविधाको लागि सडकमा रुपान्तरण गरिएको मात्रै हो।’

साथै मन्त्रालयले नेपाली भूमि लिपुलेक क्षेत्रलाई भारतकै भएको दाबी गरिरहँदा दुई देशबीच सीमा समस्याहरु रहेको भने स्वीकार गरेको छ। मन्त्रालयले नेपाल र भारतबीचका सबै सीमासम्बन्धी विषय सम्बोधन गर्न लागि विभिन्‍न संयन्त्र स्थापना उल्लेख गर्दै नेपालसँगको सीमा रेखांकनको काम पनि चलिरहेको र भारत सरकार कूटनीतिक वार्ताबाट यो समस्या समाधान गर्न तयार रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry