उदयपुरको भुल्केमा फेरि भेटिए १ जना सङ्क्रमित, नेपालमा सङ्क्रमितको सङ्ख्या १ सय १० पुग्यो

Logo
आइतबार, बैशाख २८, २०७७

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा थप एक जना कोरोना सङ्क्रमित महिला फेला परेकी छिन् । पछिल्लो ३ सय ३५ जनाको थ्रोट स्वाब सङ्कलन गरी कोसी अस्पताल विराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएका मध्ये कोसी अस्पतालमा परीक्षण गरिएका मध्ये शनिबार पछिल्लो रिपोर्ट अनुसार उदयपुर भुल्केकै १ जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

यसको आधिकारिक जानकारी भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गर्न बाँकी छ । शनिबार बिहान ८ बजे उदयपुर भुल्केका ३ जना, कपिलवस्तुका ३ जना र वीरगन्जका १ जना गरी ७ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको थियो भने अहिले थप उदयपुर भुल्केकै १ गरी एकै दिन ८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

यो सँगै उदयपुरको भुल्केमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ भने निको हुनेको सङ्ख्या भुल्केकै मात्र १४ पुगेको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय १० पुगेको छ भने ३१ जना निको भई सकेका छन् ।

यसै गरी शनिबार उदयपुरको भुल्केका गैर मुस्लिम समुदायका १ सय ४३ जनाको थ्रोट स्वाब लिइएको छ । नेपाली सेनाको १८ नम्बर बाहिनीको सहयोगमा थ्रोट स्वाब सङ्कलन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry