

वीरगञ्ज । बारामा कोरोनाको संक्रमण पुष्टि भएका एक युवा ग्यास ब्यापारी रहेको र उनले साइकलमा राखेर उपभोक्ताको घरघरमा ग्यास पुर्याउने गरेको खुलेको छ ।
पर्साको वीरगञ्जको इनर्वाचोकमा ग्यास पसल सञ्चालन गर्दै आएका युवकले बलिरामपुर टोलका घरघरमा ग्यास पुर्याउने गरेको पाइएको हो ।
बलिरामपुरका १६ वर्षीय युवकले वीरगञ्जमा रहेको पसलबाटै उपभोक्ताको डिमान्ड अनुसार साइकलमा राखेर घरघरमै ग्यास पुर्याउने गर्दै आएको बिश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउतले बताए।
राउतका अनुसार आफ्ना बाबुले सञ्चालन गर्दै आएको पसल लकडाउनपछि युवकले सञ्चालन गर्दै आएका थिए ।
युवकमा कोरोना पुष्टि भएको खबर पाउने वित्तिकै उनको परिवारका अन्य सदस्यलाई क्वारेन्टाइनमा राख्ने विषयमा सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीसँग सल्लाह भइरहेको उनले बताए ।