२०७७ साल बैशाख ३० गतेका प्रमुख १५ खबर

Logo
मंगलबार, बैशाख ३०, २०७७

१.आज एकै दिन थप ५७ जनामा कोरोना संक्रमण देखियो, आज पर्साका ३९, रुपन्देहीका ९, कपिलवस्तुका ८ र बाराका एक जनामा संक्रमण देखिएसंगै नेपालमा संक्रमितको संख्या १९१ पुग्यो

२.पर्साका चार पत्रकारलाई पनि कोरोना संक्रमण, कपिलवस्तुमा स्टाफ नर्सलाई पनि कोरोना संक्रमण पुष्टि

३.राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने, नेकपाको स्थायी कमिटी बैठक भने भोली बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बस्ने

४.बाटोमा उफ्रिएर भारत संगको सीमा समस्या समाधान नहुने प्रधानमन्त्री ओलीको भनाई, जथाभावी नबोल्न पनि मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

५.सरकारले फजुल खर्च कटौती गर्ने महत्वपूर्ण अवसर गुमाउन लागेको कांग्रेस सांसद गगन थापाको भनाई, अर्थमन्त्रीले सांसदहरुलाई हेपेको पनि सांसदको गुनासो

६. भारतले लिपुलेकमा सडक निर्माण गरेको विषयमा नेविसंघद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण, नेविसंघले आज ७७ वटै जिल्लाका प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो

७. चीनले भन्सारमा ढिलाइ गर्दा सेनाले खरिद गरेको स्वास्थ्य सामग्री ग्वान्झाउ विमानस्थलमा अलपत्र, सेनाले पटक पटक ताकेता गरेपनि चिनिया पक्षले चासो नदेखाएको रक्षा मन्त्रालय स्रोतको दाबी

८.सांसदको तलबबाट कोरोना कोषमा २८ लाख जम्मा, गोर्खा वेल फेयर ट्रष्टद्वारा कोशी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

९.उदयपुर भुल्केका कोरोना संक्रमितका आफन्तलाई पनि क्वारेन्टाइनमा राखियो, १४ दिन क्वारेन्टाइनमा राखेपछि उनिहरुको स्वाव परिक्षण गरिने र रिपोर्ट नेगेटिभ आएमा घर पठाइने

१०. छिमेकी जिल्ला सप्तरी र उदयपुरमा कोरोना सङ्क्रमति भेटिएपछि सिरहाका सबै नाकाहरु बन्द, संभावित खतरालाई ध्यानमा राखि आवत जावत पूर्णरूपमा बन्द गरिएको सिरहाका प्रजिअको भनाई

११. फरक शुल्क लिएको भेटिएपछि नर्भिक अस्पतालसंग लिखित जवाफ माग, तीन दिनभित्र आवश्यक कागजात सहित लिखित जवाफ दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागकोे निर्देशन

१२.पाचथरको मिक्लाजुङ गाउपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई रु एक लाख पुरस्कार दिने, किसानलाई कृषि उत्पादनमा उत्प्रेरित गर्न सो पुरस्कारको व्यवस्था गरिएको पालिकाको भनाई

१३.विश्व नर्सिङ दिवस महामारीको बेला नर्स तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन केन्द्रित, दिवशको अवसरमा विपदमा खटिरहेका नर्सहरुलाई सम्मान

१४.भारतमा १५ सहरमा रेल सेवा सुचारु, सेवा सञ्चालन हुनुअगावै ३० हजार बढी टिकट बिक्री

१५. १० दिनभित्र पुरै वुहान सहरमा कोरोना भाइरस जाच गरिने, शहरका प्रत्येक जिल्लालाई विस्तृत परीक्षण योजना पेश गर्न भनियो

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]