उदयपुरको भुल्के क्षेत्रमा रिपोर्टिंग गर्ने पत्रकारले गराए स्वाब परिक्षण

पत्रकारहरुलाई प्रदेशबाट स्वास्थ्य सामाग्री
Logo
बिहिबार, जेठ ०१, २०७७

पर्सा र धनुषाका पत्रकारहरुलाई कोरोनाको सङ्क्रमण देखिए पछि उदयपुरका पत्रकारले पनि कोरोनाको परिक्षण गराएका छन्। कोरोना संक्रमणको महामारीका बेला अग्रभागमा रहेर रिपोर्टिङ गर्ने उदयपुरका पत्रकारहरुको स्वाव संकलन गरिएको हो ।

पर्सा र धनुषामा पत्रकारहरुलाई सङ्क्रमण देखिएपछि कोरोनाको ईपिसेन्टर मानिएको उदयपुरका पत्रकारहरुको परिक्षण गर्न दबाब बढे संगै बुधबार जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरको प्राङ्गणमा २६ पत्रकारहरुले आफ्नो स्वाव परिक्षण गराएका हुन्।

यस्तै उदयपुरका पत्रकारहरुको अवस्था बुझ्न नेपाल पत्रकार महासंघ, प्रदेश नंम्बर १ को टोली उदयपुर आईपुगेको छ । कोरोना कहरका बिषयमा अग्रभागमा रहेर रिपोर्टिङ गर्दै आएका उदयपुरका पत्रकारहरुको समस्या, चुनौती लगायतका बिषयमा बुझ्न टिम उदयपुर आईपुगेको हो । पत्रकारको अवस्था बुझ्न आएको टोलीले पत्रकारहरुका लागि विभिन्न स्वास्थ्य सामाग्री समेत प्रदान गरेको छ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै पत्रकार महासंघ, प्रदेश नंम्बर १ का महासचिव विवेक गौतमले निकै जोखिम परिस्थितिमा रहेर पनि संञ्चारकर्मिहरुले अग्रपंक्तिमा रहेर काम गर्नु पर्ने बाध्यता सँगै उदयपुर १ नं प्रदेशकै जोखिम क्षेत्र रहेको भन्दै प्रदेशले उदपुरलाई सहयोगी माध्यम बाट नियाली रहेको बताए ।

पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले उदयपुरका पत्रकारहरु अहिले जोखिम मोलेर काम गरिरहेको बताउदै निरन्तर जनताहरुलाई सूचना समचारको लागि खट्ने उदयपुरका पत्रकारहरुलाई सहज वातावरण र थप सेवाहरु उपलब्ध गर्न माग गरेका छन् । अध्यक्ष खड्काले स्वास्थ्य सामाग्री देखि, विमा र बिज्ञापनहरुको बिषयमा उदयपुरका पत्रकारहरुलाई बिषेश ध्यानमा राख्नु पर्ने माग राखेका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry