नेपाल पत्रकार महासंघ सिरहाले प्रेस विज्ञप्ति जारि गर्दै सेनाकाे टाेलीले पत्रकार माथि कुटपिट गरेकाे घटनाकाे निन्दा गरेकाे छ । पत्रकार महासंघ सिरहाका सदस्य तथा नवजागृती साप्ताहिकका पत्रकार बद्रि नारायण यादवमाथि सेनाले कुटपिट गरेकाे भन्दै दाषिमाथि कारवाहिकाे माग गरिएकाे छ ।
सिरहा गरपालिका १ स्थित चन्द्र मा.बि. काे दक्षिण सडकमा सेनाले लकडाउन प्रभावकारि बनाउन खटिरहेकाे समाचार संकलन गर्दै फाेटाे खिचिरहेका पत्रकार सेनाकाे कमाण्डरले संकेत गरेपछि कुटपिट भएकाे विज्ञप्तिमा उल्लेख छ ।
सेनाकाे कुटाईबाट पत्रकार यादब घाईते भएका छन् । उनकाे पिठ्युभरि निलडाम लागेकाे विज्ञप्तिमा उल्लेख छ । पत्रकारकाे परिचयपत्र देखाउदा देखाउदै सेनाकाे फाेटाे किन खिचेकाे भन्दै पाईपले कुटपिट गरेकाे घाईते पत्रकारलाई उदृत महासंघले जनाएकाे छ ।
महासंघ सिरहाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारसंग घटनाकाे अनुसन्धान गरि दाेषिमाथि कारवाहिकाे माग गरिएकाे छ ।