गरिव र असाहायको बिपतमा कांग्रेस

Logo
बिहिबार, जेठ ०१, २०७७

विश्व संगै अहिले नेपाल र नेपाली महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) सँग लडिरहेका छन्। हालसम्म देशमा कोरोनाका २ सय ५० संक्रमित भेटिएका छन्।

चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका २०० भन्दा बढी देशमा फैलिएको छ। नेपालमा पनि कोरोनाको संक्रमण फैलिन सक्ने त्रासले सरकारले चैत्र ११ गतेबाट देशभर लकडाउनको घोषणा गरेको छ। देश आज सहित ५२ दिन देखि लकडाउनको अवस्थामा छ। संक्रमण फैलिन नदिन लकडाउन गरिएको भएपनि मुलुकभर कोरोनाका बिरामी थपिने क्रम जारी छ।

लकडाउनमा मानिसलाई पूर्णरुपमा हिडडुल गर्न बन्द गरिएको छ भने देशभरका प्राय सबै कार्यालय र काम ठप्प जस्तै छन्। यस्तो अबस्थामा दिनभर कामगरेर खाने मजदुरहरु र घरबहालमा रहदै आएकाहरु अप्ठ्यारोमा परेका छन्।

दिनभर कामगरेर खाने ज्यालामजदुरहरु लकडाउनका कारण काम गर्न नपाउदा उनीहरुले छाक टार्न सकिरहेका छैनन्। ५२ दिन देखिको र अझै अनिश्चित लकडाउन रहने अवस्थामा ति गरिव मजदुर र असाहायअरुको हात मुख जोड्ने बाताबरण उदयपुरमा कांग्रेसले गर्दै आएको छ।

स्थानीय सरकार गठन भएको ३ वर्ष बितिसक्दा पनि सरकारले आफ्नो नगर वा पालिकामा के कति गरिव, असाहाय, ज्यालामजदुर छन् भन्ने समेत डाटा संकलन गरेको छैन। यस्तो अबस्थामा नगरले बाडेको राहत कति पारदर्शी भयो होला भन्ने नै संकाको बिषय बनेको छ।

नगरले ५२ दिनको लकडाउनमा एक घर परिवारलाई १० देखि २० किलो चामल सहित तेल बाड्यो। नगरले बाडेको उक्त राहतमा पनि विभिन्न दाताहरुले दिएको नगद वा खाद्यान्न थियो।

त्रियुगा नगरले बाडेको राहतमा नेपाली कांग्रेसले ६० क्विन्टल चामल सहयोग गरेको थियो। कांग्रेसले यति मात्र गरेन जिल्लामा कोरोनाको संक्रमण देखिएपछि अग्रभागमा रहेर काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतलाई स्वास्थ्य सामाग्री समेत उपलब्ध गरायो।

उदयपुर कांग्रेसका क्षेत्रिय सभापति बसन्त बस्नेत आफै जनताका घर पुगेर उनीहरुका समस्या बुझ्दै ब्याक्तिगत रुपमा राहत वितरणमा खटि रहे। आज फेरी उनै बस्नेतको पहलमा नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोईरालाले ३० क्यूण्टल चामल सहित माक्स तथा सावुन सहयोग गरेका छन् ।

बस्नेत आफैलेपनि हाल सम्म ३ सय बढी घरपरिवारलाई उनीहरुकै घर पुगेर राहत वितरण गरेका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]