२०७७ जेठ १ गतेका प्रमुख खबर

Logo
बिहिबार, जेठ ०१, २०७७

१. प्रदेशमा हजार र स्थानीय तहमा सय शय्याको अस्पताल खोल्न राष्ट्रिय मानव अधिकार आयोगको निर्देशन, आगामी बजेटमा बेरोजगारी समस्या समाधान र विदेशबाट फर्कने नेपालीलाई रोजगारीको सुनिश्चितता गर्ने कार्यक्रम ल्याउन पनि आग्रह

२. उद्योग र श्रम क्षेत्रमा परेको असर अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन, कार्यदलले कामदारको पारिश्रमिक भुक्तानी र रोजगारको निरन्तरताका लागि अल्पकालिन, मध्यकालिन र दिर्घाकालिन सुझाव पेस गर्ने

३.सरकारी ढिकुटीमा जम्मा भएको रकम कोरोना विरुद्ध खर्च गर्न कांग्रेसको आग्रह, सरकारले कोरोना नियन्त्रणका लागि कोषमा जम्मा भएको रकम पनि खर्च गर्न नसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको भनाई

४. आत्मबलले नै कोरोनालाई जित्न सकिने नेकपा अध्यक्ष दाहालको भनाइ, कोरोनाले नया व्यवस्था जन्माउन सक्ने पनि दाहालको दावी

५. भारत संगको सीमा विवाद समाधानमा भएका कामको विवरण संसदिय समितिले माग्यो, उक्त विवरण सात दिनभित्र पेश गर्न सरकारलाई समितिको निर्देशन

६.स्वास्थ्य सामग्रीको यथासिघ्र व्यवस्थापन गर्न सरकारलाई शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन, पिसिआर पिपिइ लगायतका उपकरण, औषधि र दक्ष जनशक्तिको व्यवस्थापन यथासिघ्र गर्न सुझाव

७. भारतीय सीमावर्ती क्षेत्रका नेपालीको स्वास्थ्य अवस्थाबारे प्रदेश एक सरकारको चासो, नाकामा आउन सक्ने नेपालीहरुको उद्धारका लागि तयारी अवस्थामा रहेको सामाजिक विकास मन्त्री जिवन घिमिरेको भनाई

८. नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो, हालसम्म २४६ जनामा संक्रमण पुष्टि, सबैभन्दा धेरै संक्रमित वीरगञ्जको नारायणी अस्पतालमा

९.त्रिवि शिक्षण अस्पतालमा एक ६ वर्षीया बालिकामा पनि कोरोनाको संक्रमण देखियो, संक्रमित बालिकासंगै प्रत्यक्ष सम्पर्क भएकाहरुलाई पनि आइसोलेसनमा बस्ने राखिया

१०.कोरोना भाइरस कहिल्यै निर्मूल नहुन पनि सक्ने डब्लूएचओको भनाई, भ्याक्सिन र कोरोना निर्मूलबारे मिति नतोक्न पनि डब्लूएचओको चेतावनी

११. भारतबाट फर्केकामा संक्रमण परीक्षण गर्न कीट अभाव,२६५ जनामा परीक्षण गर्न कीट अभाव भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टको भनाई

१२. काग्रेसका नेता डाक्टर शेखर कोईरालाद्धारा उदयपुरका गरीव मजदुरहरुका लागि ३० क्यूण्टल चामल सहयोग, उदयपुरको समस्या लिएर पुगेका क्षेत्रिय सभापति बसन्त वस्नेत सहितको टोलीलाई राहत सामाग्री हस्तान्तरण गरिएको स्वकिय सचिवद्धारा जानकारी

१३. काठमाडौंमा शुक्रबारदेखि लकडाउन थप कडा गर्नुपर्ने गृहको निष्कर्ष, भित्री सडकका पनि चेकमा कडाइ गर्न मेयरहरूको सुझाव

१४. कालिमाटी तरकारी बजारका व्यवसायी र मजदूरको कोरोना परीक्षण सुरु, बिहीबार र शुक्रबार पिसिआर प्रविधिबाट तीन सय र आरडिटी प्रविधिबाट छ सय जनाको परीक्षण गरिने

१५. काबुलको प्रसुती अस्पतालमा सुत्केरी र नवजात शिशुसहित २४ जनाको हत्या, सो घटनामा परी अन्य १६ जना घाइते

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।