चीनसँग सबै सम्बन्ध तोड्ने ट्रम्पको धम्की

Logo
बीबीसी शुक्रबार, जेठ ०२, २०७७

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक पटक पुनः कोरोना महामारीका लागि चीनको आलोचना गर्दै उससँग सम्बन्ध तोड्ने धम्की दिएका छन् ।

राष्ट्रपति ट्रम्पले फक्स बिजेनससँगको कुराकानीमा भने, ‘हामीले धेरै कुरा गर्न सक्छौं, हामी सबै सम्बन्ध तोड्न सक्छौं ।’

ट्रम्पले पुनः आफैंले सोधे, ‘यदि यस्तै भए के होला ? ’ र जवाफ दिए, ‘यदि सबै सम्बन्ध तोड्नुभयो भने तपाईंले आफ्नो ५ सय अर्ब डलर बचाउनुहुनेछ ।’

ट्रम्पको इशारा चीनसँगको द्वीपक्षीय व्यापारमा अमेरिकाको विशाल घाटातर्फ थियो । अमेरिका पछिल्लो केही समयदेखि चीनमाथि भाइरसका लागि क्षतीपूर्ती दिनका लागि दबाब बनाइरहेको छ ।

अमेरिकाले चीनमाथि महामारीको सुरुवाती जानकारी लुकाएको आरोप लगाउँदै आएको छ । तर चीनले लगातार यो आरोप अस्विकार गर्दै आएको छ । ट्रम्पकोे चीन–विरोधी बयानलाई मानिसहरुले नोभेम्बरमा हुने राष्ट्रपति चुनावको रणनीतिको रुपमा हेरिरहेका छन् ।

स्रोतः बीबीसी

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry