कोरोनाबाट कसैले ज्यान गुमाउनु नपरोस् भन्ने प्रयास असफल भयो: प्रधानमन्त्री

Logo
मंगलबार, जेठ ०६, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणबाट कसैको ज्यान गुमाउनु नपरोस् भन्ने प्रयास विभिन्न कारणले असफल भएको बताएका छन्।

संघीय संसदका दुबै सदनको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाबाट बच्न सिंगो राष्ट्र एकजुट हुनुपर्ने बताए।

उनले कोरोनाका कारण मुलुक असहज र असामान्य अवस्थामा रहेको बताउदै ‘संक्रमित भएको अवस्थामा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने प्रयास विभिन्न कारणले असफल भएको उल्लेख गरे।

‘कोरोनाकै कारणले नभए पनि अन्य कारणले भए पनि २ जनाको निधन भएको छ। म दु:ख व्यक्त गर्न चाहन्छु,’ उनले भने, ‘नेपालमा कोरोना कारणले कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने प्रयास विभिन्न कारणले असफल भएको छ।’

प्रधानमन्त्री ओलीले अरू कुनै कारणले बिरामीको मृत्यु भए पनि कोरोना देखिएपछि कोरोनाबाट नै मृत्यु भएको मान्नुपर्ने बताए। ‘कोरोनभन्दा अरू बिरामीको जटिलताले निधन भएको हुनसक्छ तर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कोरोना संक्रमित भए त्यहीबाट मृत्यु भएको मान्नुपर्छ,’ उनले भने।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।