थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संख्या ४४४ पुग्याे

Logo
बिहिबार, जेठ ०८, २०७७

नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज (बिहीबार) बिहान थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

यो सँगै नेपालमा संक्रमितको संख्या ४ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज संक्रमण पुष्टि भएका धेरैजसो झापा जिल्लाका छन्। झापाका १५ जनामा संक्रमण पुष्टि भएको हो।आज थपिएका संक्रमितमा झापाकाे कचनाकवल गाउँपालिकाका १५ जना छन्। त्यसैगरी धनकुटा र सुनसरीका एक/एक जना छन्।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र विराटनगरको कोशी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]