अम्फान आँधीका कारण बंगलादेश र भारतका दशौँलाख व्यक्ति विस्थापित

Logo
बिहिबार, जेठ ०८, २०७७

एजेन्सी । बंगलादेश र भारतको पूर्वी तटीय इलाकामा अम्फान आँधी आउने पूर्वानुमानपछि यहाँका दशौँलाख नागरिक विस्थापित भएका छन् । कतिपयलाई सरकारले उद्धार गरी सुरक्षित स्थानतर्फ लगेका छन् भने कतिपय नागरिक आफै पनि सुरक्षित स्थानमा गएका बताइएको छ ।

ती स्थानहरुमा उच्च सतर्कता अपनाइएको छ । विशेषगरी भारतको पश्चिम बंगाल राज्यमा आँधीबाट बच्न सतर्कता अपनाइएको बताइएको छ । बंगालको खाडीबाट सुरु भएर भारतको पूर्वी तटीय क्षेत्रमा यसको असर पर्ने बताइएको थियो । बुधबार आँधीको डर रहेको मौसम पूर्वानुमान गरेपछि मंगलबारदेखि नै यहाँको जनजीवनमा त्रास फैलिएको थियो ।

आज बंगलादेश र भारतीय अधिकारीहरुले आँधीको बढी क्षति हुनसक्ने पूर्वानुमान गरिएका स्थानमा उद्धारको कार्य थालेका थिए । यसबाट दशौँलाख व्यक्ति प्रभावित भएका छन् ।तर पनि अहिलेसम्म यसबाट पुगेको कुनै मानवीय तथा भौतिक क्षतिको समाचार भने आएको छैन । –एएफपी

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]