प्रदेश एकमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७६ पुग्यो

Logo
बिहिबार, जेठ ०८, २०७७

काठमाडौं : प्रदेश १ का थप १७ जनामा कोरोना भाइरस पुष्टि भएको छ। बुधबार राति थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश एक मुख्यमन्त्री कार्यालयले जनाएको छ।

यसँगै झापामा मात्र संक्रमितको संख्या २७ पुगेको छ। बुधबार राति पुष्टि भएकाहरु झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका १५ जना हुन्।

त्यस्तै २ जना मध्ये एक धनकुटाका र एक धरानका हुन्। प्रदेश १ मा कोभिड—१९ पुष्टि भएको जम्मा संख्या ७६ रहेको छ। निको हुनेहरुको संख्या २६ पुगेको छ।

हिजो मात्रै ८ जना निको भएर घर फर्किएका छन्। प्रदेश एकमा हिजोसम्म पिसिआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ। त्यस्तै आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको मुख्यमन्त्री कार्यालय प्रदेश एककले जनाएको छ।

यो स‌गै देशभरमा काेराेना संक्रमितकाे संख्या ४ सय ४४ पुगेकाे छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]