भारतलाई चिढ्याएर सरकारले राम्रो गरेन : बाबुराम भट्टराई

Logo
शुक्रबार, जेठ ०९, २०७७

काठमाडाैं : कोरोनापछिको नेपालको अर्थतन्त्र सुधार्न भारतसँग सम्बन्ध सुमधुर बनाउनुपर्ने पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बताएका छन्।

नेपाल उद्योग परिसंघले आज आयोजना गरेको छलफल कार्यक्रममा पूर्वअर्थमन्त्री समेत रहेको भट्टराईले नेपालले भारतसँगको सम्बन्ध राम्रो बनाए लगानीसमेत भित्रन सक्ने बताए।

उनले भारतलाई चिढ्याउने सरकारको नीति ठीक नभएको पनि बताएका छन्। भारत इकोनोमी पावर हाउस बन्दै गएको तर्फ इंगित गर्दै भट्टराईले भने, ‘अब सरकारले चूनौती वा अवसर केको रुपमा सोच्ने हो त्यो सोचिहाल्नुपर्ने हुन्छ।’

अहिले नेपाल न्यारोनिजमतिर जान खोजेको बताउँदै उनले देशको जटिल भूराजनीति र प्रचुर सम्भावना भए पनि साँघुरो र संकीर्ण चिन्ताले तत्काल समस्या समाधान खोज्न नसकिने बताए।

उनको भनाइको सार थियो– भारत र चीनसँग राम्रो सम्बन्ध विकास गर्न सके विकास गर्ने अवसर आउँछ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।