नेपालमा कोरोना संक्रमितको संख्या ५०० नाघ्यो, कुन जिल्लामा कति संक्रमित र कति निको भए हेर्नुहोस

Logo
शुक्रबार, जेठ ०९, २०७७

काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या शुक्रवार ४ वजेसम्म ५०० नाघेको छ । स्वास्थ्य मन्त्रालयले अपरान्ह ४ बजे गरेको पत्रकार सम्मेलनमा थप २० जना नयाँ संक्रमित थपिए सँगै संक्रमितको संख्या ५ सय ७ पुगेको हो

संक्रमित २० नयाँ मध्ये कैलालीमा ३ जना पुरुष फेला परेका छन्। उनीहरु जानकी गाउँपालिका हुन्। त्यसैगरि पर्शुराम नगरपालिका, डडेलधुराका १ र शिवनाथ एक वैतडीका १ मा पनि कोरोना देखिएको छ।

बाँकेका १४ जना मध्ये राप्ती सोनारीका १ र नरैनापुर गाउँपालिकाका १३ जना रहेका छन्। रतुवामाई २ मोरङका १ पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो।

नेपालमा अहिलेसम्म आधाभन्दा बढी जिल्लाका नागरिकलाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ४० जिल्लामा कोरोना संक्रमण भएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रवार २१ जना संक्रमित डिस्चार्ज भइ अस्पतालबाट घर फर्किएको पनि जानकारी दिएका छन्।

नेपालगञ्ज उपमहानगरपालिकाका १२ पुरुष र ९ महिला डिस्चार्ज भएका हुन्। यो संगै नेपालमा कोरोनालाई जितेर फर्किनेको संख्या ७० पुगेको छ भने ३ जनाको ज्यान गएको छ।

 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:sholusantvhd@gmail.com, khemrjd@gmail.com

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry