शनिबारमात्रै ७५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५९१ पुग्यो

Logo
आइतबार, जेठ ११, २०७७

काठमाडौं । नेपालमा शनिबार मात्रै ७५ जनामा कोरोना भाइरस कोभिड-१९ पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ५९१ पुगेको छ ।

शनिबार मध्याह्न ३२ जना, दिउँसो ३६ र राति ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ ।

शनिबार सबैभन्दा धेरै बाँकेको नरैनापुर गाउँपालिकामा २७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नरैनापुरमा मात्रै कोरोना संक्रमितको संख्या ११२ पुगेको छ ।

सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना, कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना, मायादेवी गाउँपालिकामा ३, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा गरी ११ जना, बैतडीमा चार जना, सुर्खेतमा ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, बर्दियामा, झापा, गुल्मी, बारा, चितवन र काठमाडौंमा पनि एक/एक जना संक्रमित भेटिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

नेपालमा हालसम्म ३ कोरोनाबाट जनाको मृत्यु भइसकेको छ भने ७० जना संक्रमित निको भएका छन् । देशभर ४५ हजार ९५९ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।