कोरोनाबाट ५४ लाख बढी संक्रमित, अमेरिकामा मात्र करिब एक लाखको ज्यान गयो

Logo
आइतबार, जेठ ११, २०७७

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५४ लाख १ हजार ८ सय भन्दा बढी पुगेको छ । यस्तै ३ लाख ४३ हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १६ लाखभन्दा बढी संक्रमित छन् । त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै एक लाख पुगेको छ । कोरोनाको बिवरण राख्दै आएको वोर्ल्डोमिटरका अनुसार अमेरिकामा १६ लाख ६६ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि हुँदा मृतकको संख्या ९८ हजार ६ सय ८३ पुगेको छ।

यसैगरी रुसमा ३ लाख ३५ हजार ८ सय ८२ जनामा संक्रमण भएको छ भने ३ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ । ब्राजिलमा ३ लाख ४३ हजार३ सय ९८ जना संक्रमित छन् भने २२ हजार १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

बेलायतमा २ लाख ५७ हजार १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३६ हजार ६ सय ७५ छ । स्पेनमा २ लाख ८२ हजार ३ सय ७० जना संक्रमित हुँदा मृतकको संख्या २८ हजार ६ सय ७८ छ ।

यस्तै इटालीमा २ लाख २९ हजार ३ सय २७ जना संक्रमित छन् भने ३२ हजार ७ सय ३५ ले कोरोनाबाट ज्यान गुमाएका छन्। फ्रान्समा १ लाख ८२ हजार ४ सय ६९ जनामा संक्रमणको पुष्टि हुँदा २८ हजार ३ सय ३२ जनाको कोरोनाबाट ज्यान गएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।