संक्रमित ६०० नाघ्दा निको हुने पनि नाघे १०० जना, कहाँ कहाँ बढे र निको भए हेर्नुहोस

Logo
सोमबार, जेठ १२, २०७७

देशभरिमा आइतबार २४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८ पुगेको छ। आइतबार साँझ मात्र बाँकेका ४ र बर्दियाका एक गरी ५ जना संक्रमित थपिएका हुन्। यो विवरण भने स्वास्थ्य मन्त्रालयले औपचारिक जानकारी गराएको छैन।

यसबाहेक आइतबार थपिएका संक्रमितहरूमा रुपन्देहीका ६ जना, पर्साका ३ जना, कपिलवस्तुका ३ जना, काठमाडौं, झापा, बारा, रौतहट, सर्लाही, नुवाकोट र गुल्मीका एक-एक जना छन्।

यीमध्ये नुवाकोटमा पहिलोपटक संक्रमण देखिएको हो। जिल्लाको ककनी गाउँपालिका-३ का स्थानीय पुरुषमा संक्रमण देखिएपछि उनी टेकु अस्पताल भर्ना भएका छन्।

कोरोनाबाट निको हुनेको संख्या १ सय ४ पुगेको छ। शनिबार मात्र नारायणी अस्पतालबाटै ९ जना र रुपन्देहीको कोरोना अस्पतालबाट १० जना निको भएका थिए।

अहिलेसम्म नेपालमा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ। जसमा सिन्धुपाल्चोक, गुल्मी र बाँकेका एक-एक जना हुन्।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।