फेरी थपिए सातजना संक्रमित, संक्रमित ६ सय ८२

Logo
सोमबार, जेठ १२, २०७७

काठमाडौं : सोमबारै थप सातजना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार दोस्रो पटक सातजना संक्रमित थपिएको बताएका छन्।

उनका अनुसार सेती अञ्‍चल अस्पताल कैलालीमा गरिएको परीक्षणमा अछामको मेल्लेखमा ३२ वर्षीय युवकमा कोरोना पुष्टि भएको छ। उनको अहिले अछाम अस्पतालमा उपचार भइरहेको देवकोटाले जानकारी दिए।

त्यसैगरी भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाको गुलरियाका तीनजनामा कोरोना पुष्टि भएको छ। उनका अनुसार गुलरिया-१० बर्दियाका २२ र २४ वर्षीय तथा गुलरिया-२ का १८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

त्यसैगरी चितवनस्थित नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा २ जनामा संक्रमण देखिएको छ। जसअनुसार जिराभवानी गाउँपालिका पर्साका १८ वर्षीय पुरुष र काठमाडौं घर भइ बाराको कलैयामा काम गर्दै आएका २६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ।

सोमबारै बाराकै अर्का पुरुषमा पनि कोरोना पुष्टि भएको छ। नेशनल मेडिकल कलेज वीरगञ्‍जमा जेठ ४ गते ज्यान गुमाएका बाराका ७० वर्षीय वृद्धमा कोरोना पुष्टि भएको उनले बताए।

यसअघि सोमबार बिहान देशका विभिन्‍न जिल्लामा ७२ जना कोरोना संक्रमित भेटिएका थिए। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]